Logo

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, उपाध्याय सिनियर डिसिइओमा बढुवा

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, उपाध्याय सिनियर डिसिइओमा बढुवा



काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको सिईओमा नियुक्त गरेको हो । बैंकका हालका सिईओ सुनिल केसीको २ कार्यकाल फागुन महिनामा सकिदैछ ।

घिमिरे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) मा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This