Logo

चाडैनै संचालनमा आउँदै जनकपुर चुरोट, मन्त्री बस्नेतले गरे स्थलगत भ्रमण

चाडैनै संचालनमा आउँदै जनकपुर चुरोट, मन्त्री बस्नेतले गरे स्थलगत भ्रमण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । जनकपुर चुरोट कारखाना छिट्टै सञ्चालनमा आउने भएको छ । संचालमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायसँग छलफल भइरहेको र केही समयभित्रै टुङ्गो लाग्ने उद्योगमन्त्री महेश बस्नेतल बताए । ‘हाल अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायबीच छलफल चलिरहेको छ,’ कारखानाको स्थलगत भ्रमणको क्रममा उनले भने ।

आगामी १ महिना भित्रै कारखाना संचालनको प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिए । हाल सरकार कारखाना संचालनका लागि गृहकार्यमा जुटेको र कुन मोडलबाट संचालन गर्ने भन्ने विषयमा टुङ्गो लगाइने उनको भनाइ थियो ।

मन्त्रीसँगको भ्रमणमा मन्त्रालयका सचिव, उपसचिव लगायत अन्य सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL