Logo

नेपालमा विक्रीहुने विदेशी मदिरामध्ये ४० प्रतिशत नक्कली, नक्कली स्टिकरको प्रयोग समेत बढ्दो

नेपालमा विक्रीहुने विदेशी मदिरामध्ये ४० प्रतिशत नक्कली, नक्कली स्टिकरको प्रयोग समेत बढ्दो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । बजारमा विदेशी ब्राण्डका नक्कली मदिराको व्यापार नरोकिएको सरोकारवालाहरुले बताएका छन् । हाल नेपालमा विक्री हुने कुल विदेशी मदिरामध्ये ४० प्रतिशत मिसावट तथा नक्कली स्टिकर प्रयोग गरेर विक्रीवितरण गर्ने गरेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रबी केसीले बताए । ‘हाल देशमा विक्री भइरहेका रेड लेवल, ब्ल्याक लेवल, भ्याट ६९, टिचर्रजस्ता ब्राण्डकन हिस्कीहरुको नक्कली स्टिकर प्रयोग तथा मिसावट गरेर गैरकानुनी रुपमा विक्री गर्ने काम भइरहेको छ,’ उनले भने, ‘जसले गर्दा सरकारले राजस्व गुमाउनुका साथै उपभोक्ताको स्वास्थ्यमा असर पु¥याइरहेको छ ।’

अघिल्ला दुई वर्षको तुलनामा नेपाली ब्राण्डका मदिराहरुमा नक्कली स्टिकर टास्ने क्रम रोकिएपनि विदेशी ब्राण्डका मदिराहरुमा सो क्रम अझै नरोकिएको उनले जानकारी दिए । ‘नेपालमा भित्रने विदेशी ब्राण्डका मदिराहरु महङ्गो पर्ने हुनाले कतिपय व्यवसायीले त्यसमा कम गुणस्तरका नेपाली मदिरा मिसाएर समेत बेच्दै आएका छन्,’ उनले भने । पछिल्लो समय आयातित मदिरामा कम गुणस्तरका रक्सी मिसाउने तथा नक्कली स्टिरकर प्रयोग गरेर विक्री गरेको गुनासो संघमा आइरहेको समेत उनले जानकारी दिए ।

यसैगरी, नेपालमा पनि लाइसेन्स नै नलिइ मदिरा बनाउने तथा विक्रीतिरण गर्ने क्रम नरोकिएको उनको भनाइ थियो । सरकारले अनुगमन गर्न नसकिने ठाउँमा पनि मदिरा बनाउने उद्योगको लाइसेन्स दिएकोले पनि यस्तो समस्या आएको उनको भनाइ थियो । त्यस्ता उद्योगहरुले पनि नक्कली मदिरा उत्पादन गर्दै आएका छन् ।

अलिहे केही व्यक्तिहरुले भारतबाट स्प्रिट ल्याएर अन्य व्यवसायीको ब्राण्डमा नक्कली मदिरा बनाएर बेच्ने काम भइरहेको छ । जसले गर्दा समग्र व्यवसायलाई नै बदनाम बनाएको उनले बताए । त्यस्ता व्यवसायीहरुले नेपालका स्थापित ब्राण्डको नाममा नक्कली मदिरा बनाएर बेच्दै आएको उनले जानकारी दिए ।

मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठ भने अघिल्ला वर्षको तुलनामा विदेशी ब्राण्डका नक्कली मदिरा विक्री वितरण गर्ने क्रम केही रोकिएको बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL