Logo

अर्थमन्त्रीद्वारा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्गको अवलोकन, तत्काल जग्गा अधिग्रहण गर्न निर्देशन

अर्थमन्त्रीद्वारा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्गको अवलोकन, तत्काल जग्गा अधिग्रहण गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाठौं । अर्थमन्त्री डा रामशरण महतले शनिबार बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई द्रुत राजमार्गको दक्षिण भेगको अवलोकन गरेका छन् । यी दुवै योजनालाई तत्काल अघि बढाउने उद्देश्य अनुरुप उनले सो भ्रमण गरेका हुन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनमा र काठमाडौं तराई द्रुत राजमार्गको  निर्माणले माल सामान ढुवानीमा क्रान्तिकारी सुधार ल्याउने भन्दै सरकारले चालू आवको बजेटमा उच्च प्राथमिकतामा राखेको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गढीमाई नगरपालिकामा पर्ने टाँगीबस्तीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । हाल द्रुतमार्ग निर्माण, सञ्चालन र हस्तान्तरण बूट प्रक्रिया अन्तर्गत निर्माण गर्न बोलपत्र आह्वान गरिसकिएको छ र अहिले प्राविधिक प्रस्ताव स्वीकृत भै छनौट भएका दुबैको आर्थिक प्रस्तावलाई अन्तिम रुप दिने तयारी भैरहेको छ ।

Ramsharan Mahat

अवलोकनको क्रममा उनले दुबै आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको र जुनसुकै हालतमा निर्धारित समयभित्रै निर्माण गरिने बताए । ‘विमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्रको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्नेछ,’ ‘सञ्जिवनी बाटिका बृद्धाश्रममा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै महतले भने, ‘बिमानस्थल र द्रुतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले चासो देखाएको उल्लेख गर्दै उहाँले लगानी जुटेन भने सरकार आफैले पनि यी आयोजनालाई समयमै सम्पन्न गर्ने छ ।’

भ्रमणका क्रममा उनले विमानस्थलका लागि जग्गा अधिग्रहणको काम शुरु गरिहाल्ने सम्वन्धित मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर निर्देशन दिइसकेको समेत जानकारी दिए । ‘यी आयोजनका लागि बजेटको अभाव हुँदैन,’ उनले भने, ‘ छुट्याएको बजेटबाट काम थालिहाल्नुहोस ।’

ramsharan mahat_bizkhabar.com

कार्यक्रममा उनले कर छुट दिएर लगानीलाई प्रोत्साहित गरिएको र अहिले लगानीकर्ताहरु आउन थालेको बताउँदै स्थानीय उद्योगपति व्यापारीहरुलाई पनि निर्धक्क भएर लगानी गर्न आग्रह गरे । ‘करका समस्याहरुको समाधानका लागि पुस मसान्तसम्म मिसम्याच समस्याको हकमा आयकरमा २ प्रतिशत र भ्याटमा ३ प्रतिशत रकम चुक्ता गरी फरफारक गर्न अवसर दिइएको छ,’ उनले भने, ‘उद्योगी व्यापारीले यस्तो मौकाको फाइदा लिन सक्नुपर्छ ।’

भ्रमणको क्रममा उनले गढिमाई नगरपालिकका बृद्ध बृद्धाहरुलाई माला लगाएर सम्मान गरेका थिए । यस्तै, १÷१ वटा कम्मल ुमेत बितरण गरेका थिए भने सञ्जिवनी बाटिका बृद्धाश्रमलाई सहयोग गर्ने दाताहरुदलाई समेत सम्मान तथा कदरपत्र प्रदान गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL