Logo

सूचना प्रविधिमा लगानी मैत्री वातावरण बनाइँदै, नीतिगत र प्रशासनिक जटिलता भएको मन्त्री वस्नेतको भनाइ

सूचना प्रविधिमा लगानी मैत्री वातावरण बनाइँदै, नीतिगत र प्रशासनिक जटिलता भएको मन्त्री वस्नेतको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ पुस, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सूचना प्रविधिको क्षेत्रमा युवालाई आकर्षित गरी लगानी मैत्री वातावरण बनाउन मन्त्रालय अग्रसर रहेको बताए । उद्योग मन्त्रालयमा आयोजित ‘आर्थिक सम्बृद्धिका लागि युवा उद्यमशीलताको विकास’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गदैँ उनले सो कुरा बताएका हुन् । साथै, युवा उद्यमशील कार्यक्रम अन्र्तगत ‘नविन विचार कोष’ सञ्चालनको तयारी समेत अन्तिम चरणमा रहेको जानकारी दिए ।

हास प्रशासनिक क्षेत्र र दलका नेताहरुले सूचना प्रविधि क्षेत्रको विकासका लागि चासो नदेखाएकाले यस क्षेत्रको विकास चाहे बमोजिम हुन नसकेको जानकारी दिए । यस क्षेत्रको विकासका लागि राजनीतिक अस्थिरता प्रमुख कारक रहेको समेत उनको भनाइ थियो । ‘२०६२/०६३ पछि देशमा केही मात्रामा लगानीको वातावरण बनेको थियो,’ उनले भने, ‘तर, नीतिगत र प्रशासनिक जटिलताले गर्दा वैदेशिक लगानी आउन सकेन ।’ आफ्नो कार्यकाल सुखद भएपनि औद्योगिक क्षेत्रमा भएका लगानीको हिसावले फलदायी नभएको उनको भनाइ थियो ।

माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रमुख एलन विलोचन तुलाधारले सूचना प्रविधि नीतिमा युवा उद्यमशिल तथा पूँजीको पहुँच पु¥याउने कार्यक्रम रहेपनि सो को पूर्णरुपमा कार्यन्वयन आउन नसकेको बताए । ‘सूचना प्रविधि क्षेत्रमा आउन चाहने युवा उद्यमीहरुका लागि ‘स्टार्ट अफ फण्ड’को आवश्यकता रहेको छ,’ उनले भने ।

यसैगरी, काठमाडौ विश्वविद्यालय, सोचदेखि उद्योगसम्म (आइडिया स्टुडियो)का प्रतिनिधि रुपेशकृष्ण श्रेष्ठले लगानीको क्षेत्रमा युवा मैत्री उद्योग नीति र कार्यक्रम ल्याउनु पर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL