Logo

सेयर बजारमा सुधार, साढे पाँच अर्बको कारोबार

सेयर बजारमा सुधार, साढे पाँच अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ८.९० अंकले बढेर २०८२ को विन्दुमा कायम हुन पुगेको छ ।

laxmi

आज नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ७ वटा उपसूचकमा हरियाली छाएको छ ।

सोमबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जी २४ करोड ४७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै सोमबार जानकी फाइनान्सको १६ करोड ७७ लाख ५ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १३ करोड ५१ लाख ८७ हजार रुपैयाँ र यूनाइटेड इदि मार्दी हाइड्रोपावरको १२ करोड ४४ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । सोमबार कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL