Logo

जेठ १५ गते १ बजे बजेट भाषण, संसदको अवरोध हट्ने प्रधानमन्त्रीको विश्वास

जेठ १५ गते १ बजे बजेट भाषण, संसदको अवरोध हट्ने प्रधानमन्त्रीको विश्वास



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ गते दिउँसो १ बजे नै संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने भएका छन् । यसअघिका प्रत्येक बजेट भाषणहरु साँझपख हुँदै आएकोमा यसपल्ट भने बजेट भाषण दिउँसो नै हुन लागेको हो ।

laxmi

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भएको र सोही दिन दिउँसो १ बजेदेखि बजेट प्रस्तुत हुने बताएका छन् । उनले सांसदहरुलाई सोही दिन दिउँसो १२ः४५ मै संसदमा उपस्थित हुन आग्रह गरेका छन् ।

आईबारको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै राखेको थियो । त्यसका वावजुद पनि प्रधानमन्त्री पुष्पकमल दाहालले आफु संसदीय अवरोधको अन्त्य गर्न दौडधुप गरिरहेकाले बजेट भाषणसम्म यसको अन्त्य हुने विश्वास गरेको बताए । उनले आगामी आवको नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL