Logo

सुन तस्करीमा जोडिएका दावाको होटेल भियनामा सीआईबीको छापा, तीनजना पक्राउ

सुन तस्करीमा जोडिएका दावाको होटेल भियनामा सीआईबीको छापा, तीनजना पक्राउ



काठमाडौं । सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको होटल भियनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ठमेलमा सञ्चालित होटलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार साँझ छापामारी उनीहरूलाई पक्राउ गरेको हो ।

laxmi

उनीहरूले हुण्डी कारोबार गरेको प्रहरीको आशंका छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको छ । ‘भियनामा हुण्डी कारोबार भइरहेको सूचना आएपछि हाम्रो टोलीले तीन जनालाई पक्राउ गरेको हो । थप बुझ्ने काम भइरहेको छ,’ उनले भने । यसअघि पनि सो होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।

सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ । अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष समेत हुन् । रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL