Logo

बीमा अभिकर्तालाई बीमा प्राधिकरणले गर्याे कडाई, अब आफ्नै परिवारको बीमा गर्न नपाउने

बीमा अभिकर्तालाई बीमा प्राधिकरणले गर्याे कडाई, अब आफ्नै परिवारको बीमा गर्न नपाउने



काठमाडौं । अब बीमा अभिकर्ताले आफ्नै परिवारको र सम्पत्तिको बीमा गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । खासगरी यसअघि बीमा अभिकर्ताको लाइसेन्स लिएर आफ्नै परिवारको, छरछिमेकको सम्पत्ति र जीवन बीमा गराउँदै आएका बीमा अभिकर्तालाई प्राधिकरणले केहि कसेको हो ।

laxmi

प्राधिकरणको यो प्रावधानले आफू वा परिवारका सदस्यको बीमावापत प्राप्त हुने कमिशनबाट आफैंले लाभ लिने मनशाय राखेर अभिकर्ता इजाजत पत्र लिने प्रवृत्तिलाई पनि अन्त्य गरिदिएको हो ।

यस्तै अब बीमकले पनि आफ्ना अभिकर्ताको जीवन बीमा र सम्पत्ति बीमाको दात्वि बहन गर्न नपाउने भएका छन् । निर्देशिकाको निर्देशिकाको दफा २ मा बीमकले आफ्नो तर्फबाट सर्वेक्षण कार्य गरिरहेको बीमा सर्भेयर तथा आफ्नो व्यवसायसँग सम्बन्धित बीमा दलालको कुनैपनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने उल्लेख छ ।

निर्देशिकाले बीमकले अभिकर्ता, कर्मचारी वा सञ्चालक, सर्वेयर, बीमा दलालको १ करोड रूपैयाँ बीमाङ्क सम्मको जीवन बीमा गर्न पाउने साबिकको प्रावधानलाइ निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL