Logo

वनको डढेलो गाउँमा, लुम्बिनीका चार जिल्लामा ७० बढी घरगोठ जले

वनको डढेलो गाउँमा, लुम्बिनीका चार जिल्लामा ७० बढी घरगोठ जले



काठमाडौं । वनमा लागेको डढेलो हावाहुरीका कारण गाउँमा पस्दा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

laxmi

गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार बिहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL