Logo

साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजारभन्दा तल

साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजारभन्दा तल



काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ ।

laxmi

आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ६ करोड ६८ लाख, सर्वोतम सिमेन्टको ४ करोड ५९ लाख, शिवम् सिमेन्टको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL