Logo

बैंकका कर्मचारीले मात्र लिए साढे ८३ अर्ब बढी कर्जा, कुन बैंकले कति दिए ?

बैंकका कर्मचारीले मात्र लिए साढे ८३ अर्ब बढी कर्जा, कुन बैंकले कति दिए ?



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म आउँदा वाणिज्य बैंक तथा विकास बैंकका कर्मचारीले मात्र साढे ८३ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लिएका छन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुुसार सञ्चालनमा रहेको २० वाणिज्य बैंक र १७ विकास बैंकका कर्मचारीले ८३ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा लिएका हुन ।

laxmi

यस अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ वाणिज्य बैंकका कर्मचारीले मात्र ७८ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ बराबरको कर्जा लिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, विकास बैंकका कर्मचारीले ४ अर्ब ९१ करोड रुपैयाँ बराबर ऋण लिएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा नेपाल बैंकले र विकास बैंकमा नारायणी विकास बैंकले आफ्ना कर्मचारीलाई कर्जा लगानी गरेको तथ्यांक छैन ।

बैंकहरुले आफ्ना कर्मचारीलाई सस्तो ब्याजदरमा प्राय घर कर्जा, हायर पर्चेच कर्जा र मोटरसाईकल कर्जा दिने गरेको एक बैंकर बताउँछन । बैंकले कर्मचारीलाई विभिन्न भुक्तानी अवधिको कर्जा दिने गरेको एक बैंकर बताउँछन । बैंकहरुले आधारदर भन्दा तलको ब्याजदरमा आफ्ना कर्मचारीलाई कर्जा लगानी गर्ने गरेको छन् । वाणिज्य बैंकले आफ्नो कर्मचारीलाई बजारबाट निक्षेप उठाउँदा जति खर्च भएको हुन्छ, त्यो खर्च भरपाई गर्ने गरि कर्जा दिने गरेको एक बैंकरले बताए ।

‘निक्षेप संकलन गर्दा बैंकको फण्डको जति खर्च भएको हुन्छ, बैंकले जति ब्याजदरमा बजारबाट निक्षेप लिएको हुन्छ, त्यही ब्याजदरमा बैंकले आफनो कर्मचारीलाई कर्जा लगानी गर्ने गरेको छ,’ उनी भन्छन, ‘कुनै एउटा बैंकले निक्षेपकर्तालाई मुद्दती निक्षेपको ५ प्रतिशत ब्याज दिएको छ भने, त्यो बैंकका कर्मचारीले त्यही ब्याजदरमा कर्जा पाउँछन ।’ बैंकका कर्मचारीले बैंकबाट कर्जा लिदा ब्याजदरमा मात्र सहुलियत पाउने र बाँकी कर्जाको नियम अन्य कर्जासरह हुने ती बैंकर बताउँछन ।

वाणिज्यका कर्मचारीले कति कर्जा लिए ?

सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्जा नबिल बैंकले दिएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा नबिलले अफ्ना कर्मचारीलाई १० अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ९ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यस अवधिमा ५ अर्बभन्दा धेरै कर्जा आफ्ना कर्मचारीलाई दिने बैैंक लक्ष्मी सनराईज बैंक, प्रभु बैंक र कुमारी बैंक रहेका छन । यसैगरी, चार वाणिज्य बैंकले आफना कर्मचारीलाई ४ अर्बभन्दा धेरै कर्जा लगानी गरेका छन । तीन अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गर्ने बैंक दुई वटा रहेका छन् भने बाँकी बैंकले १ अर्ब रुपैयाँभन्दा माथि कर्जा लगानी आफ्ना बचतकर्तालाई गरेका छन ।

वाणिज्य बैंकको तथ्यांक सूचीमा

यसैगरी, चालु आर्थिक वर्षको ७ महिनासम्म आउँदा आफ्ना कर्मचारीलाई सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले फागुन मसान्तसम्म आउँदा १ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ । ज्योति विकास बैंकले यस अवधिसम्म आउँदा आफ्ना कर्मचारीलाई ८० करोड रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ । यसैगरी, ९ वटा विकास बैंकले करोड रुपैयाँभन्दा धेरै कर्जा आफ्ना कर्मचारीलाई दिएका छन । चार विकास बैंकले आफ्ना लगानीकर्तालाई लाख रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेका छन ।

विकास बैंकको तथ्यांक सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL