Logo

ओभरड्राफ्ट र चालू पूँजीतर्फको कर्जा लगानी घट्दा घरजग्गा र सेयर धितो कर्जा बढ्यो

ओभरड्राफ्ट र चालू पूँजीतर्फको कर्जा लगानी घट्दा घरजग्गा र सेयर धितो कर्जा बढ्यो



काठमाडौं । ओभरड्राफ्ट र चालू पूँजीतर्फको कर्जा लगानी गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा घटेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा घरजग्गा र सेयर धितो कर्जातर्फ जाने कर्जा लगानी भने बढेको छ । राष्ट्र बैंकले लचिलो नीति लिँदा नगद प्रवाहमा आधारित (क्यास क्रेडिट), आवधिक कर्जाका साथै व्यक्तिगत घरजग्गा तथा सेयर धितो शीर्षकमा जाने कर्जा बढेको हो ।

laxmi

यसैगरी, नेपाल राष्ट्र बैंकको कडाइसँगै बैंक, वित्तीय संस्थाबाट ओभरड्राफ्ट तथा चालू पूँजी शीर्षकमा कर्जा प्रवाह घटेको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा बैंकहरूको सबैभन्दा बढी ओभरड्राफ्ट कर्जा घटेको छ । यस्तो कर्जा यस अवधिमा ४३ प्रतिशतले घटेको छ । गत आवमा पनि यो कर्जा ६७.७ प्रतिशतले घटेको थियो ।

गत आवमा १३.२ प्रतिशत घटेको यो कर्जा चालू आवको फागुनसम्ममा १०.४ प्रतिशतले कमी आएको छ । फागुनसम्म बैंकहरूको चालू पूँजी शीर्षकको कर्जा ७ खर्ब ८८ अर्ब रुपैयाँमा झरेको छ । राष्ट्र बैंकले २०७९ कात्तिक १ कात्तिकदेखि चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको थियो ।

यस अवधिमा बैंकहरुले सवारीसाधन खरीदका लागि दिने हायर पर्चेज कर्जामा पनि घटेको छ । गाडी खरीदको लागि गत आर्थिक वर्षको फागुन समान्तसम्ममा १ खर्ब ५९ अर्ब कर्जा लगानी भएको थियो । चालू आवमा २०.७ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । राष्ट्र बैंकको सहजीकरणसँैगै सेयर धितो कर्जा भने बढ्न थालेको छ । चालू आवको फागुनसम्म बैंकहरूले ८५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । असारसम्ममा ७६ अर्ब ३० करोड कर्जा प्रवाह भएकोमा यस वर्ष १२.३ प्रतिशतले बढेको हो ।

यसैगरी, राष्ट्र बैंकले सीमा बढाएपछि चालू आवमा आवासीय घर कर्जा पनि वृद्धि भएको छ । चालू आवको फागुनसम्ममा २ करोडसम्मको व्यक्तिगत घरकर्जा १०.४ प्रतिशतले बढेर ३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । तर, रियल इस्टेट कर्जा भने ०.५ प्रतिशतले मात्र घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL