Logo

आगामी आवको बजेटमा सुझाव माग, बैशाखसम्म सुझाव दिन सकिने

आगामी आवको बजेटमा सुझाव माग, बैशाखसम्म सुझाव दिन सकिने



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटमा समावेश गर्नुपर्ने बिषयमा सुझाव माग गरेको छ । आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेटका लागि सुझाव दिन सरोकारवालादेखि सर्वसाधारण नागरिकसमेतसँग मन्त्रालयले सुझाव माग्दै सूचना जारी गरेको हो ।

laxmi

यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन बक्समा गएर वा इमेलमार्फत सुझाव दिन आग्रह गरेको छ। यस्तो सुझाव बैशाख मसान्तसम्म दिन सकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL