Logo

बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब नजिक पुग्यो, सिडी रेसियो ७९.७० प्रतिशतमा झर्यो

बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब नजिक पुग्यो, सिडी रेसियो ७९.७० प्रतिशतमा झर्यो



काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन बैंक तथा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । गत मंगलबार बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थियो भने बुधबारसम्म आउँदा ६१ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

laxmi

राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकमा मात्र ५४ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप छ । अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढ्दो अवस्थामा रहेको छ । तर, कर्जा लगानी बढ्न सकेको छैन । आर्थिक क्षेत्रमा देखिएको मन्दीको कारण कर्जा लगानी घटेको हो ।

गत बुधबारसम्म आउँदा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी भने ५० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यस अवधिमा वाणिज्य बैंकलेमात्र ४४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बाँकी वित्तीय संस्थाले ५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।

बैंकमा निक्षेप थपिने क्रम बढेर कर्जा लगानी बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.७० प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL