Logo

राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी, पूर्ण विदेशी लगानीको कोटिभिटी नेपालविरुद्ध १० अर्बको मुद्दा

राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी, पूर्ण विदेशी लगानीको कोटिभिटी नेपालविरुद्ध १० अर्बको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छलीसम्बन्धी मुद्दा दायर गरेको छ ।

laxmi

विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यो राजस्व छलीमा अहिलेसम्मकै ठूलो मागदाबी हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो । अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ ।

कोटिभिटीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL