Logo

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब २० करोडको कारोबार

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब २० करोडको कारोबार



काठमाडौं । सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा झरेको छ । आइतबार ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरीदविक्रि हुँदा कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँको कारोबार भयो ।

laxmi

आइतबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १२ करोड ५६ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आइतबार शिवम् सिमेन्टको ११ करोड ५५ लाख १७ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख ५२ हजार रुपैयाँ र रिभर फल्स पावरको ९ करोड ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, गरिमा डिबेञ्चरको ८.०८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ७.७४ प्रतिशत, र ज्योति विकास बैंक बन्डको ७.५३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL