Logo

कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा कीर्तिपुरमा आइडिया सेयरिङ कार्यक्रम सम्पन्न

कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा कीर्तिपुरमा आइडिया सेयरिङ कार्यक्रम सम्पन्न



काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर जोशीननीमा लोकसेवाको तयारी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा आइडिया सेयरिङ कार्यक्रमको आयोजना गरेको छ ।

laxmi

शनिबार आयोजित सो कार्यक्रममा करियर कोच विकास बोहोराले सहभागीहरुलाई लोक सेवाको परिक्षा र अन्य परिक्षामा के कस्तो फरक रहेको बताउँदै तयारी गर्नका लागि टिप्स समेत दिएका थिए।

समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी र बिज्ञलाई धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष अमन महर्जनले गरेका थिए भने कार्यक्रमको संयोजन श्री महर्जनले गरेका थिए ।

युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि।सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL