Logo

राजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई

राजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई



काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार आन्तरिक राजस्वविभाग, भन्सार विभागलगायतमा महानिर्देशक परिवर्तनसँगै मन्त्रालयमै नियुक्त केहि सहसचिवहरुको पनि पद हेरफेर गरेको हो ।

laxmi

मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई ल्याएको छ । यसअघि मंगलबार मात्रै मन्त्रालयमा सरुवा भएर आएका उनलाई आन्तरिक विभागमा नियुक्त गरिएको हो ।

यस्तै भन्सार विभागको महानिर्देशकमा भने ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् । यसअघि विभागको महानिर्देशक पद सम्हाल्दै आएका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको हो ।

यता मन्त्रालयमातहतको तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ ।

यस्तै अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ भने धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुख बनाएको हो । बजेट मशाशाखाका उत्तरकुमार खत्री योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL