Logo

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन निर्देशन

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन निर्देशन



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु डा. कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले उनको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

laxmi

प्रसाईँले २०६८ सालमै बीएण्डसी मेडिकल कलेज संचालन गर्न सरकारबाट एलओआई पाएपनि हालसम्म सम्बन्धन भने प्राप्त गर्न सकेका थिएनन् । सम्बन्धन नपाएको भन्दै २०७७ सालमा उनले नेपाल सरकारविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई हुने दिन सोमबार सर्वाेच्चले उनको पक्षमा फैसला गरिदिएको हो ।

उनले झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको नाममा बैंकहरुबाट ऋण लिई ठुलो संरचना बनाई संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL