Logo

विकास बैंकको खराब कर्जा ३.६१ प्रतिशत, कुन बैंकको अवस्था कस्तो छ ? (सूचीसहित)

विकास बैंकको खराब कर्जा ३.६१ प्रतिशत, कुन बैंकको अवस्था कस्तो छ ? (सूचीसहित)



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा विकास बैंकहरुको खराब कर्जा औसत ३.६१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको पुस मसान्तसम्मको अथ्यांक अनुसार सबैभन्दा धेरै खराब कर्जा हुने विकास बैंक नारायणी डेभलपमेन्ट बैंक रहेको छ । नारायणीको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ ।

laxmi

नारायणीले ६ महिनामा कुल निक्षेप ५२ करोड ५२ लाख ५४ हजार संकलन गरेको छ । बैंकले यस अवधिमा ४७ करोड ९० लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९४.५० प्रतिशत कायम छ । नेट लिक्वीडीटी २८.६५ प्रतिशत रहँदा वैधानिक तरलता सुविधा (एसएलआर) २४.६७ प्रतिशत छ । आधार दर (बेस रेट) १२ प्रतिशत कायम रहँदा स्प्रेड रेट ५.९६ प्रतिशत छ ।

खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । बैंकको खराब कर्जा १४.१६ प्रतिशत पुगेको हो । सबैभन्दा कम एनपीएल हुनेको पहिलो नम्बरमा सिन्धु विकास बैंक रहेको छ । यो बैंकको खराब कर्जा १.०५ प्रतिशत मात्रै छ । यसैगरी सबैभन्दा कम एनपीएल हुने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक लिमिटेडको २.५१ प्रतिशत छ । यसैगरी, साइन रेसुङगा डेभलपमेन्ट बैंकको २.६२, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २.७४, गरिमा विकास बैंकको २.९४ प्रतिशत पुगेको छ ।

यस्तै ७ वटा विकास बैंकको एनपीएल ५ प्रतिशत भन्दा तल छ । जसमा ज्योति विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । यसैगरी कमली डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको पाँच प्रतिशत भन्दा कम एनपीएल छ । साल्पा विकास बैंकको खराब कर्जा ६.४५ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.४२ र लुम्बीनी विकास बैंकको ३.५५ प्रतिशत छ । विकास बैंकहरुको औषत खराब कर्जा नै ३.६१ प्रतिशत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL