Logo

आर्थिक संकट परेपछि महतोले बिक्री गरे माछापुच्छ्रेको साढे ९ प्रतिशत सेयर, कसले किन्यो सवा अर्बको सेयर ?

आर्थिक संकट परेपछि महतोले बिक्री गरे माछापुच्छ्रेको साढे ९ प्रतिशत सेयर, कसले किन्यो सवा अर्बको सेयर ?



काठमाडौं । आर्थिक संकट बढ्दै गएपछि डा. उपेन्द्र महतो परिवारले माछापुच्छ्रे बैंकमा रहेको ठूलो हिस्सा सेयर बिक्री गरेका छन् । महतोले आज नेप्सेमा कारोबार गराउँदै माछापुच्छ्रे बैंकमा रहेको आफ्नो परिवारको साढे ९ प्रतिशत सेयर बिक्री गरेका हुन् ।

laxmi

नेप्सेमा भएको कारोबार अनुसार महतोको कान्छो भाईको नाममा रहेको साढे ९२ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गरेका छन् । महतो परिवारले सुरेन्द्र महतोको नाममा रहेको उक्त सेयर प्रतिकित्ता १३१ रुपैयाँका दरले बिक्री गरेको हो । स्रोतका अनुसार उक्त कर्मचारी संचय कोषले खरिद गरेको हो ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर पर्दै गएपछि महतोले एकपछि अर्को सम्पत्ति बिक्री गर्दै आएका छन् । पछिल्लो समय डा. महतोले नेपालमा भएको आफ्नो अन्य सम्पत्ति बिक्री गरेरै भएपनि अन्तरराष्ट्रिय स्तरको मेडिससिटी अस्पताल संचालन गर्दै आएका छन् ।

अर्थतन्त्रमा देखिएको मन्दीले व्यापार व्यवसायमा ठूलो असर गरेपछि उनले केही समयअघि आफ्नो नक्साल भाटभटेनीमा रहेको घरजग्गासमेत बिक्रीमा ल्याएका थिए । तर, मन्दीका कारण अहिले घरजग्गा बिक्री नभएपछि उनले माछापुच्छ्रे बैंकको सेयर बिक्री गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

महतो परिवार माछापुच्छ्रे बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । उनीहरुको परिवारको नाममा यसअघि २८ प्रतिशत सेयर रहेको थियो । सोमध्ये आजमात्रै साढे ९ प्रतिशत सेयर बिक्री गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL