Logo

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?



काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेकोे छ ।

laxmi

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् ।

सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दाेष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए ।

उनले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरे । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर, अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?,’ उनले बैठकमा भने ।

उनले भनेका छन्-पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ। पोखरा महानगरपालिकाले अध्ययन गर्यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। रिपोर्टले भन्यो सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने। माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ । मैले उहाँको स्पष्टीकरण सुने । ३ मिनेट २० सेकेन्डको थियो । मैले राम्रो सँग सुने, पढेँ पनि। स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन। सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरूले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्‍याइएको छैन । एक अर्ब झ्वाम्म। यसरी छोड्दिने हो भने एक जनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL