Logo

नेपालबाट बिदेशी कम्पनीले लाभांश र रोयल्टीवापत १२ अर्ब ३५ करोड लैजाने, सरकारले दियो सिफारिस

नेपालबाट बिदेशी कम्पनीले लाभांश र रोयल्टीवापत १२ अर्ब ३५ करोड लैजाने, सरकारले दियो सिफारिस



काठमाडौं । नेपाल सरकारले चालु आवको पछिल्लो ८ महिनामा नेपालमा संचालित विदेशी उद्योगहरुबाट लाभांस, रोयल्टी र सेवाशुल्क गरी १२ अर्ब ३५ करोड रुपैयाँ बढी फिर्ता लैजान सिफारिस गरेको छ । उद्योग विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी लाभांशमार्फत ८ अर्ब ५० करोड ६६ लाख रुपैयाँ फिर्ता लैजान सिफारिस दिईएको छ ।

laxmi

यस्तो सिफारिस उद्योग विभागले सम्बन्धित उद्योगीलाई दिने गर्दछ । यसै अवधिमा रोयल्टीवापतको साढे १ अर्ब नेपाली रुपैयाँ, १ करोड २ लाख अमेरिकी डलर, करिव ५५ करोड भारतीय रुपैयाँ र १३ हजार ६ सय युरो फिर्ता लैजान सिफारिस दिएको हो ।

यस्तै यसै अवधिमा विभागले सेवाशुल्कवापतको १ करोड ८९ लाख भारतीय रुपैयाँ, २ लाख २१ हजार अमेरिकी डलर, ४७ हजार युरो, १७ हजार पाउन्ड स्टर्लिङ र १० लाख जापानी येन फिर्ता लैजान पनि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL