Logo

राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहाल को हुन् ?

राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहाल को हुन् ?



काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

laxmi

दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो । बैठकमा जम्मा ५६ जना सांसद सहभागी थिए । दाहाल विसं २०१२ फागुन १२ गते जन्मिएका हुन् । चितवनको भरतपुर महानगरपालिका–१४, भीमसेननगर स्थायी बसोबास भएका उनी ०३२ सालदेखि राजनीतिक दलमा आबद्ध भएका थिए। औद्योगिक संकायमा स्नातक गरेका दाहाल ०२७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् ।

२०३१ बाट कम्युनिस्ट राजनीतिक आन्दोलनमा पार्टी कमिटी पार्टी सदस्यको रूपमा काम गरेका थिए। उनी अखिल नेपाल भारतीय एकता समाजको जिम्मेवारीमा रहेर अध्यक्षलगायत सबै पदमा बसेर काम गरिसकेका छन् । उनी माओवादी जनयुद्धमा भूमिगत रहेर पार्टीको गतिविधिमा लागेका थिए ।

२०६३ सालमा सांसद, २०६४ को संविधान सभाको सदस्य समेत भएका थिए । उनी राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य हुन् । उनले चार वर्ष लेखा समिति सदस्य भएर काम गरे । दाहालले प्रधानमन्त्री प्रचण्डको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । उनी हाल नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL