Logo

पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, सशस्त्र प्रहरीको ‘हेल्थ डेस्क’

पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, सशस्त्र प्रहरीको ‘हेल्थ डेस्क’



काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर विहीबारदेखि लागु गरेको हो ।

laxmi

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागु गरेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपत्कालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोली खटिने छ ।

आपतकालीन उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मैनालीले जानकारी दिए । यसैबीच शिवरात्रीको अवसरमा सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । बिहीबार बिहान १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म हेल्थडेस्क सञ्चालनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL