Logo

धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको नागरिक उड्डयन प्राधिकरणको निष्कर्श

धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको नागरिक उड्डयन प्राधिकरणको निष्कर्श



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको बताएको । मंगलबार एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नभएको निष्कर्ष निकालेको हो ।

laxmi

हवाई नीतिअनुसार तराईसँगै भित्रि मधेशका जिल्लाहरुमा दुई विमानस्थलबीचको दूरी ४० नटिकल माईल हुनुपर्ने व्यवस्था छ । तर, विराटनगर विमानस्थलबाट हाल धरानमा बनाउने भनिएको विमानस्थलको दूरी जम्मा २० नटिकल माईल मात्रै हुने भएकाले यो आर्थिक रुपमा पनि फिजिबल नभएको प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै धरानमा विमानस्थल बनाउनका लागि आवश्यक जग्गा पनि अपुग हुने निष्कर्षण प्राधिकरणले निकालेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा विमानस्थल बनाउन जोडबल गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL