Logo

कालिकोटको सुनथराली विमानस्थल उद्घाटन, सुर्खेत–कालिकोट–सुर्खेत उडान सफल

कालिकोटको सुनथराली विमानस्थल उद्घाटन, सुर्खेत–कालिकोट–सुर्खेत उडान सफल



काठमाडौं । कालिकोटको सुनथराली विमानस्थल उद्घाटन भएको छ । सोमबार नेपाल वायुसेवा निगमको उडान नं. आरए ७५५ बाट ९एन एबीयु जहाजमार्फसुर्खेत–कालिकोट–सुर्खेत वृत्तखण्डमा उडान गरी विमानस्थलको उद्घाटन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती र संघीय उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खण्डकाले उक्त विमानस्थलको उद्घाटन गरेका हुन् ।

laxmi

उक्त उडानको लागि जहाज सुर्खेत विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ११ः०० बजे उडान भरी ११ः२० बजे कालिकोटको सुनथराली विमानस्थलमा अवतरण भएको थियो । उक्त उडान पश्चात निगमसँग जहाजको उपलब्धता भएसँगै कर्णली प्रदेशको राजधानी सुर्खेतलाई आधार बनाई कालिकोट लगायत हुम्ला, जुम्ला, मुगु र डोल्पामा समेत उडान सञ्चालन गर्न तथा निकट भविष्यमा कर्णाली भेगका अन्य जिल्लाहरुमा समेत उडान विस्तार गर्न उप–प्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले निर्देशन दिएका छन् ।

उनको निर्देशनसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती तथा निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीलेसमेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL