Logo

म्यादी बीमाले धान्दै जीवन बीमा व्यवसाय, वैदेशिक रोजगारीले बीमा क्षेत्रलाई राहत

म्यादी बीमाले धान्दै जीवन बीमा व्यवसाय, वैदेशिक रोजगारीले बीमा क्षेत्रलाई राहत



काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सुस्तताको असर बीमा क्षेत्रमा पनि देखिएको छ । जसका कारण बीमितले भटाभट आफ्नो पोलिसी सरेन्डर गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समय यस्तो बीमा सरेन्डर गर्नेको संख्यामा तीव्र वृद्धि भइरहेको छ । झन्झटिलो दावी भुक्तानी प्रक्रिया र घट्दै गएको क्रयशक्तिका कारण पछिल्लो समय बीमा सेवामा आकर्षण घट्दै गइरहेको समयमा बीमा क्षेत्रलाई म्यादी बीमाअन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकले गर्ने बीमाले भने राहत दिइरहेको छ ।

laxmi

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो ७१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन भएको छ । अर्थात रोजगारीका लागि विदेश जाने प्रत्येक नेपालीले अनिवार्य रुपमा म्यादी जीवन बीमा गर्नैपर्ने व्यवस्था छ । जसका कारण चालु आवको माघ मसान्तसम्म करिव १९ लाख ६५ हजार यस्तो बीमालेख सक्रिय छन् । जसमार्फत बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब बीमाशुल्क आर्जन गरेका छन् ।

अझ यसै अवधिमा म्यादी जीवन बीमालेखको विक्री पनि उच्च रहेको देखिन्छ । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा चालु आवको पछिल्लो ७ महिनामा नेपालमा म्यादी जीवन बीमा गर्ने सक्रिय बीमितको संख्या ४० लाख ६७ हजार बढी छ । खासगरी नेपालकै बैंक वित्तीय संस्थाहरुबाट कर्जा लिँदा यस्तो बीमा गरिन्छ । अर्थात ऋणीको मृत्युपश्चात बैंक कर्जा तिर्न सजिलो होस भन्नका लागि ऋणीको म्यादि जीवन बीमा गरिन्छ । यस्तो बीमा गर्नेको संख्या उल्लेख्य रहेको देखिन्छ ।

खासगरी पछिल्लो ७ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले कुल ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये सबैभन्दा ठुलो हिस्सा भने सावधिक जीवन बीमाको छ । यो शीर्षकमार्फत जीवन बीमा कम्पनीहरुले ७ महिनामा ३४ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा अग्रिम भुक्तानी सावधिक जीवन बीमामार्फत करीब २० अर्ब शुल्क आर्जन गरेका छन् ।

यस्तै यसै अवधिमा रुपान्तरिक सावधिक जीवन बीमामार्फत ११ अर्ब ५१ करोड रुपैयाँ आर्जन गर्दा बालबच्चासम्बन्धी सावधिक जीवन बीमार्फत १३ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

तर, यस अवधिसम्म जारी भएका कुल १ करोड ३७ लाख बीमालेखमध्ये सबैभन्दा बढी हिस्सा वैदेशिक रोजगारीमा जाने नेपालीको म्यादि जीवन बीमा र म्यादि जीवन बीमाको छ । यस अवधिसम्म यी दुई प्रकारका शिर्षकमार्फत मात्रै ६० लाख ३३ हजार बढी बीमालेख खरिद भएका छन् । यस्तै दोस्रोमा भने लघु बीमालेख बढी विक्री भएका छन् । चालु आवको ७ महिनासम्म लघु जीवन बीमाका ३४ लाख ६५ हजार बीमालेख सक्रिय रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL