Logo

आइसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालको नेदरल्याण्डसमाथि ९ विकेटको सहज जित

आइसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालको नेदरल्याण्डसमाथि ९ विकेटको सहज जित



काठमाडौँ । नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले १५.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

laxmi

नेपालको जितमा अनिल शाह र आसिफ सेखले अर्धशतक बनाएका थिए । अनिल शाहले अविजित ५७ रन बनाएका थिए भने आसिफ सेखले ५४रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले २८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको थियो । नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए ।

योजित पछि नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा पहिलो जित हासिल हासिल गर्दै २ अंक हासिल गरेको छ । अब सिरिजको तेस्रो खेल आगामी सोमबार नामिबिया र नेदरल्याण्डसबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL