Logo

नेदरल्याण्डसविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, पूरै टीम १३८ रनमा आउट

नेदरल्याण्डसविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, पूरै टीम १३८ रनमा आउट



काठमाडौँ । नेदरल्याण्डसविरुद्ध नेपाललेो उत्कृष्ट प्रदर्शन गरेसँगै नेदरल्याण्डसको पूरै टीम १३८ रनमा आउट भएको छ । यससँगै आइसीसी क्रिकेट विश्वकप लिग–२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।

laxmi

नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १(१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL