Logo

साढे चार बर्षमा सेयर बजारबाट सरकारलाई साढे ३८ अर्ब आम्दानी, ६ महिनामै १ अर्ब ९० करोड संकलन

साढे चार बर्षमा सेयर बजारबाट सरकारलाई साढे ३८ अर्ब आम्दानी, ६ महिनामै १ अर्ब ९० करोड संकलन



काठमाडौं । सरकारले सेयर बजारबाट प्राप्त गर्ने आम्दानी साढे ४ वर्षमा ३८ अर्ब ४७ करोड रुपैयाँमाथि पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र सरकारले सेयर बजारबाट १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व सेयर बजारबाट संकलन गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले सेयर बजारबाट ४० करोड रुपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ ।

laxmi

यसैगरी, भदौमा १४ करोड, असोजमा २१ करोड, कात्तिकमा ८४ करोड मंसिरमा ३० करोड र पुसमा ७४ करोड रुपैयाँभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको छ । सरकारले सेयर बजारबाट संकलन गर्ने राजस्व गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढ्दो अवस्थामा रहेको छ । सरकारले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको थियो । यस आर्थिक वर्षको ६ महिनामा नै सरकारले पौने एक अर्ब रावस्व संकलन सेयर बजारबाट गरिसकेको छ ।

चालु आवमा सेयर बजारबाट उठेको राजस्व

सरकारले सेयर बजारबाट सबैभन्दा धेरै राजस्व संकलन आर्थिक वर्ष आर्थिक वर्ष २०७८–७९ मा गरेको थियो । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । तर, अर्थतन्त्रमा देखिएको समस्याको कारण सेयर बजारको वृद्धि उत्साहजनक भने देखिन सकेको छैन । आर्थिक वर्ष २०७६–७७ बाट कोरोना महामारी फैलियो । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनपछि सेयर बजार लगातार जसो बढ्यो ।

उक्त समयमा सेयर बजारबाहेक अन्य क्षेत्रमा लगानी गर्ने वातावरण थिएन । सो कारण त्यो बेला सेयर बजारमा २२ अर्ब रुपैयाँ बराबरको दैनिक कारोबार भएको थियो भने नेप्से परिसूचक ३२ सय बिन्दुको हाराहारीमा पुगेको थियो । सेयर बजार बढ्दा सरकारले सेयर बजारबाट लिने लाभ पनि बढ्दो थियो । जसको कारण आर्थिक वर्ष २०७८–७९ मा सरकारले १६ अर्ब ८४ करोड ९५ लाख रुपैयाँभन्दा धेरै राजस्व संकलन गरेको थियो ।

चार आर्थिक वर्षमा सेयर बजारबाट उठेको राजस्व

प्रतिक्रिया दिनुहोस्
MBL