Logo

प्राइभेट फर्म नवीकरण गर्न नसकेकाका लागि अवसर, यसरी गर्न सकिन्छ सहजै नवीकरण (सूचनासहित)

प्राइभेट फर्म नवीकरण गर्न नसकेकाका लागि अवसर, यसरी गर्न सकिन्छ सहजै नवीकरण (सूचनासहित)



काठमाडौं ।  प्राइभेट फर्म नवीकरण गर्न नसकेका लागि सरकारले सहज व्यवस्थाबारे जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै प्राइभेट फर्म नवीकरण गराउन नसकेका प्राइभेट फर्मका लागि सहज व्यवस्था रहेको जानकारी दिएको छ ।

laxmi

जसअनुसार प्राइभेट फर्म नवीकरण गराउन नसकेका प्राइभेट फर्मका धनीले प्राइभेट फर्मको अवधि समाप्त भएको दश वर्षभित्र नवीकरणको लागि विभागको वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखा र विभाग अन्तर्गतका कार्यालयहरुबाट आफ्नो फर्क नवीकरण गर्न सक्नेछन्

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार नवीकरण हुन नसकेका फर्मका लागि प्रदेश कानून नबनेको हकमा स्थानीय व्यापार उद्देश्य रहेका फर्महरुले सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालयहरुमा निवेदन दिन सक्नेछन् ।

सरकारले यस्तो व्यवस्था प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०७६ (पन्ध्रौं संसोधन, २०८० सहित) को नियम ७ को उपनियम (५) र (५क) बमोजिम गरेको हो ।
दर्ता नगरी व्यवसायिक प्रकृतिका निजी व्यवसाय (प्राइभेट फर्म) हरु सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। साथै दर्ता भएपश्चात तोकिएको समयावधि भित्र समय समयमा नवीकरण समेत गराउनु पर्ने हुन्छ। अन्यथा त्यस्ता फर्महरु कारोबार निरन्तरताका लागि वैधानिक मानिँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL