Logo

निगमले दुईवटा न्यारोबडी जहाज किन्ने, अन्तरराष्ट्रिय बोलपत्र आह्वान

निगमले दुईवटा न्यारोबडी जहाज किन्ने, अन्तरराष्ट्रिय बोलपत्र आह्वान



काठमाडौं । नेपाल वायुसेवा निगमले दुईओटा न्यारोबडी जहाज खरिदका लागि टेण्डर आह्वान गरेको छ । निगमले दुईवटा न्यारोवडी जहाज वेट लिजमा लिने प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि उक्त टेण्डर आह्वान गरेको जानकारी दिएको हो ।
निगमको कार्ययोजना अनुरुप हाल निगमसँग भएको दुइवटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदै आएका छन् ।

laxmi

अन्य सेक्टरमा हाल भएका दुइवटा न्यारो बडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले थप भएका जहाजले सो चापलाइ व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका सेक्टरमा उडान थप गरी आय वढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना निगमको छ ।

नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL