Logo

सेवा खाता ३६ अर्बले घाटामा, विद्यार्थीले विदेशमा पढ्न एक महिनामै लगे साढे ११ अर्ब

सेवा खाता ३६ अर्बले घाटामा, विद्यार्थीले विदेशमा पढ्न एक महिनामै लगे साढे ११ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनासम्म नेपालको सेवा खाता मात्रै ३६ अर्ब रुपैयाँले घाटामा रहेको छ । गत आर्थिक बर्षको वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।

laxmi

सेवा खाता अन्तर्गत चालु आवको ६ महिनामा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब ४० करोड रहेको थियो ।

चालु आवमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई ९२ अर्ब ८७ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्पmको व्यय ५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड रहेको थियो । यस्तै पछिल्लो पुस महिनामा मात्रै शिक्षातर्फको व्यय साढे ११ अर्ब बढी भएको देखिएको छ ।

मंसिर मसान्तसमम ४७ अर्ब ३५ करोड रुपैयाँ रहेको यस्तो व्यय पुस मसान्तसम्म पुग्दा ११ अर्ब ६० करोड रुपैयाँले बढेर ५८ अर्ब ९५ करोड पुगेको हो । यस्तो रकम विद्यार्थीले नेपालबाट विदेशमा अध्ययनका लागि लैजाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL