Logo

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष सूचीमा ६ देश : नेपाल १२८ औं स्थानमा, नेपालभन्दा तल ५५ देश

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष सूचीमा ६ देश : नेपाल १२८ औं स्थानमा, नेपालभन्दा तल ५५ देश



काठमाडौं । सन् २०२४ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची आएको छ । हेन्ले पासपोर्ट इन्डेक्समा हालै विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा ६ देशले पहिलो स्थान पाएका छन् । यी देशहरूमध्ये फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनले यो सूचीमा पहिलो स्थान पाएका छन् । यी देशका नागरिकलाई विश्वका १९४ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ ।

laxmi

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी गरिएको हो । कुल १८३ देश समेटिएको यो सूचीमा जापान र सिंगापुर विगत ५ वर्षदेखि शीर्ष स्थानमा थिए तर यसपटक युरोपले चमत्कार गरेको छ । फ्रान्स, जर्मनी, इटाली, स्पेन शीर्ष स्थानमा छन् । दक्षिण कोरियासँगै फिनल्याण्ड र स्वीडेन दोस्रो स्थानमा छन् । यी देशका नागरिकले बिना भिसा १९३ देश घुम्न पाउँछन् । सूचीमा अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्यान्ड्स तेस्रो स्थानमा परेका छन् ।

बेलायत चौथो, महाशक्ति अमेरिका र क्यानडा सातौं स्थानमा परेका छन् । यी देशका नागरिकले भिसा बिना १८८ देश घुम्न पाउँछन् । यस सूचीमा भारत सन् २०२३ मा ८३ औं स्थानबाट ३ स्थान माथि उक्लिएको छ र ८० औं स्थानमा पुगेको छ । पाकिस्तानको कुरा गर्ने हो भने १८१ औं स्थानमा छ । यो सूचीमा चीनले ६२औँ स्थानमा छ ।

अफगानिस्तान यस सूचीमा सबैभन्दा कम स्थानमा छ जसका नागरिकहरूले २८ देशहरूमा मात्र भिसा फ्री भ्रमण गर्न सक्छन् । भारतसँगै उज्वेकिस्तानले पनि ८० औँ स्थान हासिल गरेको छ । भारतीय नागरिकहरूले भिसा फ्री भ्रमण गर्न सक्ने ६२ देशहरूमा बार्बाडोस, फिजी, भुटान, माल्दिभ्स, टोगो, सेनेगल आदि पर्छन । भारतीयहरू यी देशहरूमा बिना भिसा १ हप्तादेखि ३ महिनासम्म बस्न सक्छन् ।

नेपाल १२८ औं स्थानमा

हेन्ले पासपोर्ट इन्डेक्स–२०२४ अनुसार नेपाल विश्वव्यापी पासापोर्ट ¥याङकिङमा १२८ औं स्थानमा रहेको छ । सो रिपोर्ट अनुसार नेपाली पासपोर्टबाहकले ४० वटा देशमा अन अराइभल भिसाको सुविधा पाउँछन् । जुन ग्लोबल भिसा फ्रि एक्सेसमा १८ प्रतिशतमात्र हो । यो सूची हिलो हुने देशहरुको यस्तो एक्सेस ८६ प्रतिशत रहेको छ । यसले नेपालको पासपोर्ट कति कमजोर छ भन्ने तथ्य पनि देखाउँछ । यद्यपि नेपालभन्दा अझै तल ५५ वटा देश रहेका छन् । तर, यो सूचीमा पछिल्ला वर्षहरुमा नेपालको स्थान निरन्तर गिर्दो अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL