Logo

रेमिटान्सको टेकोमा बढ्दै निक्षेप, उत्पादन बिक्री हुन छाडेपछि व्यवसायीले लिन छाडे कर्जा

रेमिटान्सको टेकोमा बढ्दै निक्षेप, उत्पादन बिक्री हुन छाडेपछि व्यवसायीले लिन छाडे कर्जा



काठमाडौं । लगानीको वातावरण बन्न नसक्दा पछिल्लो समय बैंकमा पैसा थुप्रिन थालेको छ । पछिल्लो एक महिनामा वाणिज्य बैंकमा ९८ अर्ब निक्षेप बढ्दा कर्जा लगानी भने १३ अर्ब रुपैयाँको हाराहारीमा मात्र बढेको हो ।

laxmi

केहि सयम यता निक्षेप संकलनको तुलनामा कर्जा लगानी ज्यादै न्यून भएको बैंकहरुको तथ्यांकले देखाउँछ । विश्व आर्थिक मन्दी, आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थतन्त्रमा प्रभाव पर्दा उत्पादनसँगै उपभोग्य बजार समेत शिथिल भइरहेको छ । बजारमा हरेक बस्तूको माग घटेको कारण आपूर्ति प्रणाणीमा पनि समस्या देखिएको छ । जसको कारण बजारमा कर्जाको माग कम भएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले पठाएको रेमिटान्सले निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा मात्रै ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदार उच्च बढ्दा नेपालमा रेमिटान्स भित्र्ने क्रम बढ्ने तर उपभोग गर्ने मानिस कम हुँदा आयात घट्नुका साथै आन्तरिक उत्पादनमा समेत गिरावट आएको अर्थविद्हरु बताउँछन् ।

‘पछिल्लो समय जति मानिसहरु वैदेशिक रोजगारीमा गएका छन् त्यसले देशमा उपभोग गर्ने जनसंख्या घटेको स्पष्ट देखाउँछन्,’ ती अर्थविद्ले भने, ‘तर खाडी मलेसियामा रोजगारीमा गएका कामदारले नेपालमै रेमिटान्स पठाउने हुन, तर त्यसरी पठाएको रेमिटान्स उपभोग गर्ने मासिन छैनन् ।’ जसका कारण बैंकिङ प्रणालीमा निक्षेप उच्च रुपमा बढेको तर उपभोग गर्ने मासिन नभएपछि उद्योगी व्यवसायीले पनि थप लगानी गरेर उत्पादन वृद्धि गर्न छाडेको समेत ती अर्थविद्को भनाई छ ।

पछिल्लो समय खपतमा आएको गिरावट र बैंकको ब्याजदर उच्च भएका कारण नै कर्जाको मागमा कमी आएको उद्योग व्यवसायीहरु बताउँछन् । तर, पछिल्लो केहि समय यता बजारमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अबलम्बन गरेको छ । अधिकांश बैंकको निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर पनि घट्दो अवस्थामा रहेको कारण आगामी दिनमा कर्जाको माग पनि बढ्ने बैंकरहरु बताउँछन ।

नेपाल राष्ट्र बैंकले गत हप्ताको बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले हालसम्म ६० खर्ब ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन । जसमा वाणिज्य बैंकले मात्र ५३ खर्ब ४२ अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी, गत साताको बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । जसमा वाणिज्य बैंकले मात्र ४४ अर्ब २९ करोड रुपैयाँमात्र कर्जा लगानी गरेका छन । पुस ५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१८ प्रतिशतमा झरेको छ । पुस ५ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर ३.५६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी गत कात्तिक मसान्तसम्म ५२ खर्ब २४ अर्ब ७० करोड रुपैयाँ बराबर निक्षेप संकलन गरेका वाणिज्य बैंकले मंसिर मसान्तसम्म आउँदा बढाएर ५३ खर्ब २२ अर्ब रुपैयाँ पुर्याएका छन् । गत कात्तिक महिनासम्म ४४ खर्ब ७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले मंसिर मसान्तसम्म आउँदा ४४ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँमात्र कर्जा लगानी गर्न सफल भएका हुन । पाँच महिनाको अवधिमा तीन बैंकको निक्षेप संकलन घटेको छ । बाँकी १७ बैंकको निक्षेप संकलन बढेको हो ।

निक्षेप संकलन पाँच महिनामा कुन बैंकको कति बढ्यो ? (सूचीमा)

यसैगरी, गत असार मसान्तसम्म ४३ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेका २० वाणिज्य बैंकले मंसिर मसान्तसम्म ४४ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । बैंकहरुको कर्जा लगानी पाँच महिनामा १ खर्ब २ अर्ब २ करोड रुपैयाँमात्र बढेको छ । यता गत असार मसान्तमा ५० खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकको निक्षेप संकलन मंसिर मसान्तसम्म आउँदा बढेर ५३ अर्ब २२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

पाँच महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन २ खर्ब ३६ अर्ब ८६ करोड रुपैयाँले बढेको हो । बैंकहरुको पाँच महिनाको तथ्यांकलाई आधार मान्दा पाँच बैंकको कर्जा लगानी यस अवधिमा घटेको छ । बाँकी १५ बैंकको कर्जा लगानी यस अवधिमा बढेको छ ।

कर्जा लगानी ५ महिनामा कुन बैंकको कति बढ्दो ? (सूचीमा)

प्रतिक्रिया दिनुहोस्
MBL