Logo

केएल टावरमा विन्टर कार्निभल, १ हजारको सपिङ गरेमा लक्किड्रद्धारा स्यामसुङको उपहार

केएल टावरमा विन्टर कार्निभल, १ हजारको सपिङ गरेमा लक्किड्रद्धारा स्यामसुङको उपहार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । जाडो मौषमको समयमा  चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले “विन्टर कार्निभल”को आयोजना गरिएको छ । जाडो मौषमको समयमा  केएलमा कुनै ग्राहकले १ हजार वा बढीको सपिङ गरेमा  कुपन प्राप्त गर्ने र कुपनको लक्की ड्रमार्फत हरेक दिन एकजना विजेता घोषणा गरिने भएको छ ।

यस कार्यक्रमको प्रमुख स्पोन्सर सामसङ प्लाजा र सह स्पोन्सर एफक्युब सिनेमा र फुड कोर्ट रहेका छन् । विजेताले सामसुङका होम अप्लायन्सहरु उपहारका रुपमा प्राप्त गर्नेछन् । यसैगरी क्रिसमस क्रिसमसको अवसरमा डिसेम्बर २५ देखि २०१५ को पहिलो दिन जनवरी १ सम्म यो कार्यक्रम सञ्चालन हुने केएल टावरले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कार्यक्रमको पहिलो दिन साँस्कृतिक कार्यक्रम हुने छ । कार्यक्रको पहिलो दिन निमा रुम्बा, सिने गुरुङ र इथोस व्याण्डले फुड कोर्टमा आफ्नो प्रस्तुती राख्ने उल्लेख छ । यसैगरी कार्यक्रमको अन्तिम दिन सोही ठाउँमा गायकहरु दीपक बज्राचार्य, उदेश श्रेष्ठ र अनुप्रस्था गीत आउँने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL