Logo

४ महिनामा निर्जीवन बीमा कम्पनीले उठाए १२ अर्ब ७३ करोड बीमाशुल्क, कार्तिकमा घट्यो

४ महिनामा निर्जीवन बीमा कम्पनीले उठाए १२ अर्ब ७३ करोड बीमाशुल्क, कार्तिकमा घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुलक आर्जन गरेका हुन् ।

laxmi

प्राधिकरणकै तथ्यांकलाई आधार मान्दा चालु आवको पहिलो ४ महिनामा सबैभन्दा बढी बीमाशुल्क भने सगरमाथा लुम्बिनी इन्स्यारेन्सले आर्जन गरेको छ । यस अवधिमा यो कम्पनीले ९६ हजार २ सय ३३ बीमालेख विक्री गरी १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आर्जन गरेको हो । यस्तै यसै अवधिवमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्सल १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार कार्तिक सम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १३ करोड ३६ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यसपछिका बाँकी कम्पनीहरुले भने १ अर्ब मुनी बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ ।

कार्तिकमा घट्यो निर्जीवन बीमा कम्पनीको बीमाशुल्क

बीमा प्राधिकरणका अनुसार गएको असोज महिनाको तुलनामा कार्तिक महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने बीमाशुल्क घटेको छ । प्राधिकरणका अनुसार असोजमा ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएकोमा कार्तिकमा जम्मा २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन भएको हो । यो असोजको तुलनामा ३२ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL