Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई थुनामै राख्न अदालतकाे आदेश, रायमाझी र रिजाल धरौटीमा रिहा

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई थुनामै राख्न अदालतकाे आदेश, रायमाझी र रिजाल धरौटीमा रिहा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित ८ जनालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार टोप बहादुर रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

laxmi

यस्तै उच्च अदालत पाटनले आरोपितमध्ये २ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र टोप बहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । जसमा भुटानी शरणार्थीका नेता रिजाललाई १५ लाख र रायमाझीलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश आएको छ ।

यता अर्का आरोपित बालकृष्ण खाँडलाई भने पुर्पक्षका लागि थुनामै राख्ने या धरौटिमा रिहा गर्ने भन्ने बिषयमा न्यायाधीशकै राय बाझिएको छ । यस्तै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र नरेन्द्र केसीलाई भने १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अदालतले आदेश दिएकाे छ। केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुन्। यता लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्ने आदेश अदालतले दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL