Logo

नोभेम्बरमा नेपाल भित्रिए १ लाख ८ हजार ६३० पर्यटक, कुन देशबाट कति ?

नोभेम्बरमा नेपाल भित्रिए १ लाख ८ हजार ६३० पर्यटक, कुन देशबाट कति ?



काठमाडौं । गएको नोभेम्बर महिनामा मात्रै नेपालमा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार नेपालमा स्थलमार्ग र हवाईमार्गमार्फत उक्त संख्यामा विदेशी नागरिक भित्रिएका हुन् । पछिल्लो समय पर्यटन क्षेत्रमा बढ्दै गएको उत्साहको संकेत नेपाल भित्रिएका पर्यटकको संख्याले देखिएको सम्बद्ध पर्यटन व्यवसायीहरु बताउँछन् ।

laxmi

अध्यागमन विभागका अनुसार नोभेम्बर महिनामा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस अवधिमा भारतबाट मात्रै नेपालमा २४ हजार ४ सय ४३ जना भित्रिँदा अमेरिकाबाट ११ हजार ४ सय ६१ जना भित्रिएका छन् । यस्तै यसै अवधिमा चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८, अष्ट्रेलियाबाट ५ हजार ६० र थाईल्याण्डबाट ३ हजार ९ सय ६२ जना पर्यटक भित्रिएको देखिएको हो ।

क्षेत्रगत हिसावमा हेर्दा नेपालमा सबैभन्दा बढी पर्यटक सार्क राष्ट्रहरुबाट आउने गरेको देखिएको छ । यस्तै यसै अवधिमा युरोप र एशियाली अन्य मुलुकबाट नेपाल आउने पर्यटकको संख्या पनि उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL