Logo

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर



काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ थियो ।

laxmi

यता बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तीन सय रुपैयाँले नै बढेर १ लाख १५ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँ थियो । बुधबार चाँदीको मूल्य भने मंगलबार कै यथावत रहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL