Logo

टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिटमा आएन आदेश, १० वटै रिट ‘हेर्न नभ्याइने’ सूचीमा

टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिटमा आएन आदेश, १० वटै रिट ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

laxmi

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् । गत २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL