Logo

ओमानविरुद्ध कालोपट्टी बाँधेर खेल्दै नेपाली खेलाडी

ओमानविरुद्ध कालोपट्टी बाँधेर खेल्दै नेपाली खेलाडी



काठमाडौं । नेपाली खेलाडीहरुले ओमानविरुद्धको फाइनल खेलमा कालोपट्टी बाँधेर खेलिरहेका छन् । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा हातमा कालोपट्टी बाँधेर खेलिरहेका छन् । नेपाली खेलाडीहरुले खेलअघि मैदानमा मौनधारण समेत गरेका थिए ।

laxmi

भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् । नेपाली राष्ट्रियका कप्तान रोहित पौडेलले ओमानविरुद्धको फाइनल खेल भूकम्पमा ज्यान गुमाउनेहरुप्रति समर्पित गर्ने र उनीहरुका लागि खेल्ने बताएका छन् । फाइनलमा टसका क्रममा कप्तान रोहित पौडेलले भूकम्पमा ठुलो क्षति भएको भन्दै आजको खेल उनीहरुको लागि खेल्ने बताएका हुन् ।

रोहितले आफुहरुले भूकम्प पिडितहरुकालागि सहयोग गर्ने बताउदै नेपाल क्रिकेट संघ (क्यान) ले आजको टिकट विक्रीबाट प्राप्त रकमको ५० प्रतिशत भूकम्प पिडितलाई दिने घोषणा गरेर राम्रो निर्णय गरको बताए । ओमानका कप्तान जीशान मक्सूदले पनि भूकम्पमा नेपालीहरुको ज्यान गएको प्रति आफुहरु दुखि रहेको बताएका छन् । ओमानविरुद्धको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL