Logo

रिगल पुनः थुनामा जाने, सर्वोच्चद्धारा आममाफीको निर्णय बदर

रिगल पुनः थुनामा जाने, सर्वोच्चद्धारा आममाफीको निर्णय बदर



काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगल पुनः थुनामा जाने भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका उनलाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको हो ।

laxmi

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको हो ।

यसअघि उनलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL