Logo

विश्वकप छनौटमा नेपाल र ओमानको भिडन्त, टस जितेर पहिला बलिङ गर्ने नेपालको निर्णय

विश्वकप छनौटमा नेपाल र ओमानको भिडन्त, टस जितेर पहिला बलिङ गर्ने नेपालको निर्णय



काठमाडौँ । काठमाडौँमा जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ । एशिया क्षेत्रको समुह ए का नेपाल र ओमानबीचको यो खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु भएको छ । एशिया क्षेत्रको समुह ए का नेपाल र ओमानबीचको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै ओमानले पहिला ब्याटिंग गर्ने भएको छ ।

laxmi

नेपाल र ओमान समुह ए बाट सेमिफाइनलमा पुगिसकेकाले यो खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ । नेपालको प्रयास ओमानलाई पराजित गरेर समुह विजेता हुदै सेमिफाइनल खेल्ने हुने कप्तान रोहित पौडेलले बताएका छन् ।

विश्वकप छनौटमा नेपाल र ओमानले सिंगापुर र मलेसियालाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट सिंगापुर र ओमान सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । यद्यपी दुवैबीच आज १:१५ बजेदेखि टियु मैदानमै खेल हुदै छ ।

नेपाल र ओमानबीच अहिलेसम्म ४ टी- २० खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले एक खेल जितेको छ । त्यस्तै आज समुह बी का समुह चरणका अन्तिम खेल पनि हुदै । जसमा युएईले हङकङको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुदै छ । त्यस्तै बहराइनले कुवेतको सामना गर्दै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि मुलपानी मैदानमै हुने छ ।

समुह बि मा सेमिफाइनलको दौडमा युएई, बहराइन र हङकङ रहेका छन् भने कुवेत सेमिफाइनलको दौडबाट बाहिरिएको छ । युएईले आफ्ना दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने बहराइन र हङकङले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL