Logo

तीन दिनमा २ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तीन दिनमा २ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । यो हप्ताको पछिल्लो ३ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आईतबार मात्रै प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आउँदा घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ पुगेको हो । यो पछिल्लो ३ दिनमा २ हजार रुपैयाँले कम हो ।

laxmi

यस्तै यहि अवधिमा चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको देखिएको छ । महासंघका अनुसार गएको आईतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १३ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL