Logo

इजरायलको आक्रमणमा ५७ सय बढीको मृत्यु, आधा बालबालिका, ६ अस्पताल बन्द

इजरायलको आक्रमणमा ५७ सय बढीको मृत्यु, आधा बालबालिका, ६ अस्पताल बन्द



काठमाडौँ । इजरायलले गाजामा गरेको आक्रमणमा पाँच हजार सात सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।

laxmi

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा पाँच हजार सात सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ । यता हमासको आक्रमणमा एक हजार ४०० भन्दा बढी इजरेल नागरिकको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ । अर्कोतर्फ, इजरेल सेनाले गाजामा केही पर्चाहरू खसालेको छ । जसमा आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहना भए बन्धकहरूको बारेमा जानकारी दिन भनिएको छ । डब्ल्यूएचओका अनुसार, हजारौँ मानिसहरू गाजाका अस्पतालहरूमा डायलासिसमा छन् । जसमध्ये १३० भर्खर जन्मिएका बच्चाहरू छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL