Logo

आज मौसम सामान्यतया सफा रहने, सुदूरपश्चिम र कर्णालीका उच्च स्थानमा हिमपातको सम्भावना

आज मौसम सामान्यतया सफा रहने, सुदूरपश्चिम र कर्णालीका उच्च स्थानमा हिमपातको सम्भावना



काठमाडौं । आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ ।

laxmi

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एक÷दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL