Logo

मंगलबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ घट्नुको कारण

मंगलबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ घट्नुको कारण




काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

laxmi

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य पनि १ हजार ३ सय रुपैयाँले नै घटेर १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी ३० रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँमा झरेको छ ।

सोमबार यसको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ रहेको थियो । केहि समय यता सुन–चाँदीको मूल्यमा लगातार गिरावट आएको छ । सुन–चाँदीको मूल्यमा गिरावट आउँनुको कारण पछिल्लो समय अमेरिकी बैंकले बैंक ब्याजदर बृद्धि गरेको गरेको छ । यसले सुन–चाँदीको मूल्यमा लगातार गिरावट आएको जानकारहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL